काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल पनि कीर्तिपुरस्थित त्रिवि मैदानमै हुने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले यसअघि सार्वजनिक गरेको खेल तालिकाअनुसार सेमिफाइनल दुई खेल कात्तिक २४ गते एकै दिन फरक मैदानमा हुने थियो ।



तर, मूलपानी मैदानमा हुने दोस्रो सेमिफाइनल खेल त्रिवि मैदानमा सार्दै एक दिन पछि खेलाइने क्यानले मंगलबार जनाएको छ । यसअघि मूलपानीमा तय भएको खेल अब कात्तिक २५ गते त्रिविमैदानमा हुनेछ ।

मूलपानी मैदानमा समूह चरणका खेलहरु खेलाइएको थियो । तर, मूलपानी विकेटमा सहभागी टिमका खेलाडीले नै असन्तुष्टि जनाइरहेका थिए । दोस्रो सेमिफाइनलमा दुई विधागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन् ।

प्रकाशित मिति: २०७९ कार्तिक २३, बुधबार ०७:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको