
बारा । बाराको जीतपुर सिमरा नगरपालिकाका एक वडाध्यक्ष पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । नगरपालिकाको वडा न ३ का वडाध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले घुससहित पक्राउ गरेको हो ।
वडाध्यक्ष कार्कीलाई जीतपुर स्थित जैशवाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घुसबापत ५ लाख नगद रकम लिएका हुन् ।


