जनकपुरधाम, चैत १५ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारी निकटका मेयरहरु भ्रष्टाचारमा लिप्त रहेका छन् । मन्त्री भण्डारी निकट महोत्तरीका चार नगरपालिका र एक गाउँ पालिकाका प्रमुख माथि बर्षौ पिच्छे करोडौंको करोड बेरुजु आए पनि उनीहरु त्यसलाई निरुत्साहित गर्न तिर ध्यान दिन सकेका छैनन् ।
विना कुनै कागजात, आधार वा प्रमाण विना मध्यये एक प्रकारले गरिएको भुक्तानीलाई महालेखाको कार्यालयले बेरुजु ठहर गर्ने गरेका छन् । महालेखाको प्रतिवेदन अनुसार महोत्तरीका बलवा नगरपालिका बेरुजुमा जिल्लामानै टप देखिएको छ । महालेखाका अनुसार गत आर्थिक बर्षमा १२ करोड ६२ लाख ८४ हजार रुपैयाँ बेरुजु ठहर गरेको छ ।
बलवा नगरपालिकामा देखाइएको बेरुजुमा कार्यकर्तालाई अनावश्यक बाडिएका योजना र अनावश्यक खरिद बढी देखिएको छ । बलवा नगरपालिकामा हुने अनियमितता नियन्त्रण भन्दा बढी पटके योजना र कार्यकर्ता मुखीकामलाई बढी प्राथमिकतामा राखिएको छ ।
चालु आर्थिक बर्षमा पनि वडास्तरीय कार्यक्रमहरुलाई रोकेर मेयर महतोले आफूखुशी योजना बनाई कार्यक्रम चलाई रहेका छन् । मेयर महतो तालिम गोष्ठी लगायतका योजना बढी भन्दा बढी नगरस्तरीय योजनामा राखेका छन् । नगर स्तरीय योजना बलवा नगरपालिकामा सञ्चालनमा रहे पनि वडास्तरीय योजनाहरु असाढको अन्तिम सम्म लिएर जाने योजनामा मेयर महतो रहेका छन् । बलवा नगरपालिकामा मेयर महतो मन्त्री भण्डारीका प्रिय पात्रहरु मध्ययेका एक हुन ।

मन्त्री भण्डारी निकटका महोत्तरीमा पाँच स्थानीय तह मध्ये दोस्रो स्थानमा सोनमा गाउँ पालिका छन् । महालेखाको प्रतिवेदन अनुसार गत आर्थिक बर्षमा सोनमा गाउँ पालिकामा तीन करोड ८७ लाख ३५ हजार बेरुजु देखिएको छ । सोनमा गाउँ पालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादव बिजयी भएर आए देखिनै स्थानीयबासीहरु तनाव खेपि राख्नु परेको छ । अध्यक्ष यादवको कार्यकर्तामुखी, उपभोक्ता समितिमुखी कार्यक्रमहरुबाट स्थानीयबासीहरु दुःखी बनेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का स्थानीय नेता कार्यकर्ताहरु मन्त्री भण्डारी समक्ष यस बिषयमा जानकारी गराउँदा समेत कुनै सुनुवाई हुन सकेको छैन् ।
मन्त्री भण्डारीका प्रिय पात्र मध्येका एक हुन भंगहा नगरपालिकाका युवा, जुझारु नेता संजीवकुमार साह । उनी जनताबाट दोस्रो पटक भंगहा नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् तर भ्रष्टाचारमा उनी पनि कमजोर देखिएका छैनन् । महालेखाको प्रतिवेदन अनुसार भंगहा नगरपालिकामा महालेखाले गत आर्थिक बर्षमा ३ करोड ७ लाख ९५ हजार रुपैयाँ बेरुजु देखाएको छ । पटक–पटक कुनै नकुनै स्टन्ट गरेर महोत्तरी जिल्लामा चर्चामा रहने गरेका मेयर साह कुनै न कुनै विवादमा तानिदै आएका छन् । भर्खर प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको कार्यालयमा तालावन्दी गरेर सिडिओलाई नै साचो बुझाएर चर्चामा आउन खोज्ने मेयर साहसंग मन्त्री भण्डारीको डाइरेक्ट सम्पर्क हुँदा पनि मन्त्रीका पिए कुश चौधरी संगको साटघाटमा भ्रष्टाचारलाई प्रसय दिई रहेका छन् । निर्वाचित पदाधिकारीहरुलाई ओभरटेक गरेर नै नगरपालिका चलाउन खोज्दा उनलाई अन्य पार्टीवाट निर्वाचितहरुले रोक लगाए पछि उनी अहिले शान्त देखिएका छन् । तर, उपभोक्तामुखी बजेट बनाउन उनी पनि पछाडि परेका छैनन् ।
लोसपाका वरिष्ठ नेता तथा श्रम मन्त्री भण्डारीका गृहनगर औरही नगरपालिकाका मेयर प्रदीपकुमार खडकाको अवस्था पनि उस्तै उस्तै देखिएको छ । औरही नगरपालिकामाथि पनि महालेखाले ३ करोड ५२ लाख २३ हजार रुपैयाँ बेरुजु ठहर गरेको छ । होटलको विल, पेट्रोलको विल, विना कुनै कागजात प्रमाण आधार बिना गरिएको भुक्तानीले लथालिङ्ग बनेको छ औरही नगरपालिका । मन्त्री भण्डारीको पैतृक गाउँ रहेका कारण अन्य राजनीतिक दलका नेताहरुले विरोध सम्म गर्न सकेका छैनन् ।
त्यस्तै मन्त्री भण्डारी प्रभावित एक पालिका मटिहानी नगरपालिका पनि रहेको छ । हुनत यहाँ विकास निर्माणमा केही परिवर्तन देखिएको छ तर, महालेखाले यहाँ पनि २ करोड ९० लाख १८ हजार रुपैयाँ बेरुजु ठहर गरेको छ ।
मन्त्री भण्डारीका पिए कुश चौधरीको सेटिङ्ग
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता शरत सिंह भण्डारी नियुक्त भए देखि उनका पिए कुश चौधरीको चलखेल अत्यधिक बढेको छ । गाउँ गाउँमा बैदेशिक रोजगारमा पठाउन एजेन्ट खडा गर्नुको साथै यि पाँचवटै स्थानीय सरकारहरुमा योजना खरिद बिक्री उनको धन्धा बनेको छ ।
मन्त्री भण्डारीको पिए हुँ भन्दै जनकपुरधाममा रहेको श्रम कार्यालयमा समेत कार्यालय प्रमुख धम्काउनु देखि कार्यालयका कर्मचारी रहने वा नरहने सम्मको काममा उनको नाम मुछिदै आएको छ । यति सम्मकी श्रम कार्यालयको बिषयमा जानकारी लिनका लागि पिए चौधरीले समेत एक एजेण्ट नियुक्त गरेको पाइन्छ । कमिसन चाहियो नै चाहियो भने अडानमा देखिएका पिए चौधरीलाई कुनै कर्मचारी अलिकता पनि नखरा देखायो भने कित उनको सरुवा हुन्छ कित उनीलाई कार्यालयमा कामगर्ने बातावरण समेत विथोल्ने गरेको आरोप उनीमाथि छ ।
मन्त्री भण्डारीको आडमा पिए चौधरीले महोत्तरी देखि धनुषा सम्म ब्रम्हलुट मचाए पनि उनी उनको प्रिय रहेको भने देखावा गर्दै हिँडेका छन् । मन्त्री भण्डारीले पिए बनाए देखि उनले करोडौंको सम्पती जोड्नुका साथै आफ्ना आसेपासे र नातागोतामा रहेकाहरुलाई कुनै न कुनै ठाउँमा सेटिङ्ग गरि सकेका छन् ।
आफ्ना भतिजालाई जागिर लगाउँन बलवा नगरपालिकाको स्वास्थ्य चौकीमा एमवीवीएसको लागि सूचना प्रकाशन गराए तर उनी क्रयाटेरिया मिट नगरे पछि त्यहाँको विज्ञापन समेत रद्द गराउन सक्ने लियाकत राखेका छन् । तर मन्त्री भण्डारी मुकदर्शक बनेका छन् ।








