मानसिक समस्यामा परेकी युवतीलाई झारफुकको नाउमा चरम यातना

बेहोस भएपछि अस्पताल पुर्‍याइयो, प्रहरीको अनुसन्धान जारी


जनकपुरधाम, असार १५ । समान्यमा मानसिक समस्यामा परेकी एक युवतीलाई झारफुकको नाउँमा चरम यातना दिइएको घटना सार्वजनिक भएको छ ।

महोत्तरी जिल्लाको मनरासिसवा नपा वडा नं. ३ सोनौल बस्ने बाला पासवानकी छोरी १७ वर्षीया सपना कुमारीलाई झारफुकको नाउमा चरम दिइएको हो । झारफुकको क्रममा मानसिक समस्यामा परेकी युवतीलाईदिइएको यातनाबाट बेहोस भएकी पीडितलाई जनकपुर स्थित न्युरो अस्पतालमा भर्ना गरे पछि घटना सार्वजनिक भएको हो ।



पीडितकी आमा विनिता पासवानले छोरी विरामी भएपछि धामीझाँक्रीलाई देखाउदा निको हुने आश सहित सम्सी गाँउपालिकाको पोखरभिण्डा बस्ने झाक्री प्रभु यादव कहाँ लगेपछि चरम यातना दिएको आरोप लगाएकी छिन ।

एक साता अघि गाँउमै केही महिलाहरु भूत खेल्दै गरेको र सो हेर्न पुगेकी आफनी छोरी त्यहाँबाट फर्के पछि टाउको दुख्ने समस्याले ग्रसित भएकी विनिता पासवानले बताएकी छन । उनले गाँउमा प्राथमिक उपचार गर्दा समेत निको नभए पछि गाँउकै मान्छेहरुको सल्लाहमा आफु झाँकी लाई देखाउन पुगेको र सोही क्रममा झाँक्रीले आफनी छोरीलाई चरम यातना दिएको आरोप लगाएकी छन ।

उनले झारफुकको क्रममा पटक पटक पीडिको कपाल समाती भूईमा पछार्ने, आफनो टाउको संग पीडितको टाउको ठोक्ने , बाहिर निस्केको जिब्रोलाई भित्र पार्न विभन्न हाड ले बल प्रयोग गरेको उनको गुनासो छ । शुक्रवार साँझ धामी कहाँ पुगेको पासवानलाई रातभरि पूजापाठ गरे पनि निको नभएपछि विजलपुरा स्थित एक स्वास्थ्यकर्मी काहाँ लगेको र त्यहाँ समान्य उपचारपछि ठुृलो अस्पताल लान भनेको पीडितकी आमा विनिताले बताएकी छन ।

बेहोसी अवस्थामा रहेको पीडित न्युरो अस्पतालको सघन कक्षमा उपचार भई रहेको छ । कन्भर्सन डिसअर्डर (समान्य मानसिक समस्या) को समस्यामा देखिएको पीडितलाई दिइएको यातानाका कारण टाउको , जिब्रो र घाँटीमा ठुलो चोट लागेको न्युरो अस्पतालका चिकित्सकले जनाएका छन ।

बेहोसीको अवस्थामा रहेको उनलाई कम्तीमा एक साता उपचार गर्नु पर्ने चिकित्सकले बताएका । उमेरको परिवर्तन संगै देखिनै यस्ता समस्याहरु चिकित्सक कहाँ लानु भन्दा धाँमीझाँक्री कहाँ पुगेकोका कारण समस्या झन बल्झिएको छ ।

प्रहरीको अनुसन्धान जारी

घटनाको जानकारी पाए लगतै प्रहरीले अनुसन्धान शुरु गरेको छ । न्युरो अस्पतालले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय धनुषा बाट पुगेको प्रहरीले पीडित संग सम्बन्धित मनरा सिसवा स्थित इटहर्वा प्रहरी चौकीलाई जानकारी गराएको छ ।

इटहर्वा प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक श्याम विनय बैठाले घटनाबारे जानकारी पाए लगतै अनुसन्धान शुरु गरेको मधेश टुडेलाई बताएका छन । उनले पीडित परिवार संग जानकारी लिने काम भई रहेको र घटना बारे आफु आजै जिल्ला

प्रहरी कार्यालय महोत्तरीमा जानकारी गराउने बताए ।

शिक्षा आभावका कारण स्वास्थ्य समस्यालाई धामी झाँक्री कहाँ लाने समस्या तराई मधेशमा समान्य जस्तै भएको छ।

प्रकाशित मिति: २०८२ असार १५, आईतवार १२:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको