संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान रुपन्देहीमा सम्पन्न



जनकपुरधाम, साउन २१ । संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान लुम्बिनी प्रदेशको रुपन्देही सियारीमा सम्पन्न भएको छ ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको अध्यक्षतामा सम्पन्न जनजागरण अभियानमा मोर्चाका शीर्ष नेताहरुले मुलुकको वर्तमान अवस्था बारे आ–आफनो धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले अहिलेको सत्ता गठबन्धन अप्राकृतिक रहेको र देशलाई लुट्न र पाप लुकाउनलाई बनाएको बताए । उनले भने ,‘ यो काण्डै काण्ड वाला सरकार हो । रुपन्देही ३ मा हुने चुनाव केवल चुनाव होइन ०८४ को चुनावमा हामी सकिने कि बाँच्ने त्यस्को टेष्ट समेत रहेको छ । ’ अधिकार र पहिचानको लागि उत्पीडित र विभेदमा परेका जनता यो देशमा सधैं गुलाम रह्ने कि मालिक बन्ने त्यस्को परिक्षावाला चुनाव हुने उनको कथन थियो ।



कार्यक्रममा बोल्दै जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले देश हाम्रो भएपनि राज्यसत्ता हाम्रो हुन नसकेको बताए । उनले चुरे वन विनाश हुने खालको कानुन बनाए बिद्रोह हुने चेतावनी दिदै चुरेको विनाश भनेको सभ्यताको विनाश रहेको उल्लेख गरे ।
कार्यक्रमा तमलोपाका अध्यक्ष वृषेश चन्द्र लालले यथाशीघ्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने मांग गरेका छन ।

त्यसै गरि जसपा नेपालका महासचिव राम कुमार शर्माले मधेश जनबिद्रोहको कारण भुल्न नहुने उल्लेख गर्दै हामी सबै उत्पीडित नमिले सम्म मधेशको मुक्ति सम्भव नरहेको बताए ।

कार्यक्रममा बोल्दै लोसपाका नेता तथा प्रदेश मन्त्री सन्तोष पाण्डेले मोर्चाको साझा उम्मेदवारलाई जिताई छाड्ने प्रतिबद्धता व्यक्त गरे।
मोर्चाका नेता राजेन्द्र महतो, हृदयेश त्रिपाठी, वृषेश चन्द्र लाल, राम कुमार शर्मा, सन्तोष पाण्डेय, केशव झा, डा. शिवजी यादव, ॐ प्रकाश यादव लगायतले मन्तव्य राखेका छन।

संघीय लोकतान्त्रिक मोर्चाले देशभर आठ स्थानमा जनजागरण अभियान घोषणा गरेको छ।

प्रकाशित मिति: २०८२ श्रावण २१, बुधबार १७:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको