वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र महासचिव विप्लवबीच भेटवार्ता



काठमाडौं , साउन २१ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ बीच भेटघाट र छलफल भएको छ।

बुधबार श्रेष्ठको हात्तीवनस्थित निवासमा भएको करिब एक घण्टा भेटमा समसामयिक राजनीतिक परिस्थिति, नेपालको कम्युनिष्ट तथा क्रान्तिकारी आन्दोलन, राष्ट्रियता र पार्टी एकताको सम्भावनासहित विविध विषयमा विचारविमर्श भएको छ ।



प्रकाशित मिति: २०८२ श्रावण २१, बुधबार १६:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको