एजेन्सी, भदौ ८ । आगामी बिहार विधानसभा चुनावलाई केन्द्रित गर्दै नेशनल डेमोक्रेटिक एलायन्स (एनडीए)ले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको छ । २३ अगस्टदेखि विभिन्न विधानसभा क्षेत्रमा कार्यकर्ता सम्मेलनको सुरुवात गरिएको छ । यी सम्मेलनहरूको उद्देश्य कार्यकर्तालाई सक्रिय बनाउनु, संगठनलाई बलियो गर्नु र विपक्षका आरोपहरूको जवाफसहित एनडीएको विकास एजेन्डा जनतासम्म पु¥याउनु हो।
एनडीएले यी कार्यक्रममार्फत विगतमा भएका विकास योजनाहरू, सरकारका उपलब्धिहरू र भविष्यका योजनाहरूलाई मतदातासम्म पु¥याउने तयारी गरेको छ। पार्टी नेताहरूले सम्मेलनमार्फत कार्यकर्तालाई आगामी चुनावी रणनीतिबारे जानकारी दिने र उनीहरूलाई चुनावी अभियानमा सक्रिय बनाउन चाहन्छन्।
पहिलो चरणअन्तर्गत आज देखि छवटा विधानसभा क्षेत्रमा सम्मेलन आयोजना भएको छ। हरेक क्षेत्रमा छुट्टाछुट्टै नेताहरूको टोलीले जिम्मेवारी लिएको छ।
त्रिवेणीगंज – नेतृत्वमा जदयूका राष्ट्रिय कार्यकारी अध्यक्ष संजय झा, केंद्रीय मन्त्री राज भूषण सिंह निषाद, मन्त्री सुनील कुमार, नीरज कुमार बबलू, लोजपा(आर)का शाहनवाज अहमद कैफ, रालोमोका माधव आनन्द र ज्योति मांझी।

मढौरा – मन्त्री विजय चौधरी, केंद्रीय मन्त्री सतीश चन्द्र दुबे, मन्त्री मदन सहनी, कृष्णनन्दन पासवान, सांसद वीणा देवी, रालोमोका राम पुकार सिन्हा र प्रफुल्ल कुमार मांझी।
वाल्मीकिनगर – जदयू प्रदेश अध्यक्ष उमेश सिंह कुशवाहा, पूर्व उपमुख्यमन्त्री तारकिशोर प्रसाद, मन्त्री लेसी सिंह, मन्त्री जनक राम, लोजपा(आर)का राजु तिवारी, रालोमोका अध्यक्ष अनन्त कुमार गुप्ता।
जगदीशपुर – केंद्रीय मन्त्री रामनाथ ठाकुर, सांसद राधामोहन सिंह, ललन सराफ, लखेन्द्र पासवान, लोजपा(आर)का अध्यक्ष हुलास पाण्डेय, रालोमोकी महासचिव रेखा गुप्ता।
काँटी – मन्त्री अशोक चौधरी, मन्त्री शीला मण्डल, सांसद राजीव प्रताप रूडी, भाजपा नेता शाहनवाज हुसेन, लोजपा(आर)का पंकज पासवान।
वारिसनगर – मन्त्री रत्नेश सदा, मन्त्री जीवेश मिश्र, सांसद जनार्दन सिंह सिग्रीवाल, जदयूका महासचिव मनीष वर्मा, लोजपा(आर)का श्यामदेव पासवान, रालोमो महिला प्रकोष्ठ अध्यक्ष स्मृति कुमुद।
यी सम्मेलनहरूलाई एनडीएको संगठनलाई थप सुदृढ गर्ने प्रयासका रूपमा हेरिएको छ। पार्टी नेताहरूले कार्यकर्तालाई चुनावी मोर्चामा उत्साहित गर्दै, विपक्षी दलको चुनौतीलाई सामना गर्न तयार पार्दै र आगामी विधानसभा चुनावका लागि बलियो रणनीति बनाउन जोड दिइरहेका छन्।








