हुम्ला, कात्तिक १९ । हुम्ला प्रहरीले ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेलको नेतृत्वमा खटिएको टोलीले विभिन्न स्थानबाट ३५१ कार्टुन ९४ हजार २१२ बोतल० अवैध चिनियाँ मदिरा बरामद गरेको जनाएको छ।
बरामद मदिराको मूल्य करिब रु। १६ लाख ८४ हजार ८०० बराबर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, मदिरा हिल्सा नाकादेखि नाम्खा गाउँपालिकाको ढाडकेर्मी, तुम्कोट लगायतका क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेको हो।

बरामद मदिरा अखाद्य र स्वास्थ्यका लागि हानिकारक रहेको भन्दै यसलाई नष्ट गरिने जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी पोखरेलले जानकारी दिए।








