यू-१९ प्रिमियर कपको फाइनलमा चुक्यो नेपाल, युएई च्याम्पियन



काठमाडौं, मंसिर १५ । एसीसी यू-१९ प्रिमियर कपको उपाधि युएईले जितेको छ। फाइनलमा नेपाललाई २७ रनले पराजित गर्दै घरेलु टोलीले शीर्ष स्थान हात पारेको हो।

१४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३।२ ओभरमा १२० रनमै समेटियो। नेपालका कप्तान अशोक धामीले ३४ रन बनाए भने रोशन विश्वकर्मा र आशिष लुहारले समान २५–२५ रन जोडे। तर अन्य ब्याटर चल्न नसक्दा नेपाल पराजित भयो।



यसअघि पहिले ब्याटिङ गरेको युएई ४५.५ ओभरमा १४७ रनमा अलआउट भएको थियो। नेपालका दयानन्द मण्डल उत्कृष्ट बलिङ गर्दै ६.५ ओभरमा १७ रन खर्चेर ६ विकेट लिँदै चम्किए। अपराजित पौडेलले २ विकेट लिए भने नितेज पटेल र कप्तान धामीले एक–एक विकेट जोडे।

युएईका अहमद खुदाददले ७१ रनको महत्त्वपूर्ण पारी खेले। नुरुउल्ला आयोबीले २६ रन जोडे।

फाइनलमा पराजित भए पनि नेपाल उपविजेता बन्दै आगामी यू–१९ एसिया कपका लागि छनोट भएको छ।

प्रकाशित मिति: २०८२ मंसिर १५, सोमबार १७:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको