कर्मचारी सरुवा सम्बन्धि सरोज यादवको निर्णय कृष्णा यादवद्वारा बदर



जनकपुरधाम, मंसिर २१ । तत्कालिन मुख्यमन्त्री सरोज कुमार यादवले कर्मचारी सरुवा सम्बन्धि गरेको सम्पूर्ण निर्णय मुख्यमन्त्री कृष्णा यादवले बदर गरेका छन ।

सपथ ग्रहण लगतै बसकेको कृष्णा यादव नेतृत्व सरकारको पहिलो बैठकले तत्कालिन मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको सरकारले मिति २०८२/०७ /२३ गते देखी २०८२/८/१७ गते सम्मको अवधीमा भएको सम्पूर्ण सरुवा, काज जिम्मेवारी हेरफेर र थप जिम्मेवारी सम्बन्धि निर्णयहरु बदर गरेको छ ।



साथै उक्त सरकारको अवधीमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र विभिन्न मन्त्रालयहरुबाट भएको कर्मचारीसरुवा, काज जिम्मेवारी हेरफेर र थप जिम्मेवारी तोक्ने कार्यहरु बदर गरिएको मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्दै मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ ।

तत्कालिन मुख्यमन्त्री सरोज कुमार यादवलाई सर्वोच्च अदालतले २४ घण्टा भित्र विश्वासको मत लिन आदेश गरेपछि रातारात २ सय भन्दा बढी कर्मचारीहरुलाई सरुवा गरेको थियो । विकासे र मालदार अड्डाहरुको प्रमुख एवं कर्मचारी सरुवामा व्यापक आर्थिक चलखेल भएको आरोप कर्मचारीहरुले लगाउदै आएको थियो ।

मधेशी निजामति कर्मचारी मंचले विज्ञप्तिनै जारी गरि आर्थिक लेनदेनको आधारमा भएको सरुवा बदर गर्न माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ज्ञापन पत्र समेत बुझाएको थियो ।

प्रकाशित मिति: २०८२ मंसिर २१, आईतवार १७:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको