गुठीका जग्गा कव्जा गर्ने मधेशको मन्त्री



जनकपुरधाम, मंसिर २१ । जनकपुरधाम उप–महानगरपालिका वडा नम्वर १४ मा गुठीका जग्गा कव्जा गर्नेलाई मधेश प्रदेश सरकारको मन्त्री बनाइएको छ । जनकपुरधाम–१४ मुजेलियामा गुठीको जग्गा कव्जा गर्ने नेपाली कांग्रेसका मधेश प्रदेश सभासद जंगिलाल यादवलाई विस्तार भएको मधेश प्रदेश सरकारमा विना विभागिय मन्त्री बनाइएको छ ।

जनकपुरको मुजेलिया वडा प्रहरी कार्यालय नजिक गुठीको ६ कठा ५ धुर ३ कनमा जग्गा धमाधम माटोले पुरेर सांसद यादवले स्थायी संरचना बनाएका छन् ।



माटो भरेर सम्याउन थालेपछि ठूलै चर्चा भएको करोडौं मूल्य पर्ने उक्त जग्गा सांसद यादवले कौडीको भाउमा जनकपुरधाम–८ स्थित विजय राघव कुञ्जका पुजारी रामसागर दाससँग करारनामा गरी लिएको छ ।

जनकपुरको वडा नम्बर १४ स्थित सिट नम्बर १२७५–२४ को कित्ता नम्बर ३० को ६ कठ्ठा ५ धुर ३ कनमा जग्गामध्ये पुजारी दासबाट सांसद यादवले वार्षिक ४० किलो धान मनखपमा ४ कठ्ठा एक धुर जग्गा किनेका थिए । पुजारीले बाँकी डेढ कठ्ठा भने ज्ञानकुमार यादवलाई बेचेका थिए । उक्त जग्गा पुजारी दासले वार्षिक ४० किलो धान मनखपमा यादवलाई बेचेको करारनामा उल्लेख छ ।

सर्लाही क्षेत्र नं. २ (क) बाट प्रदेश सभा सदस्य जितेका यादवका छोरा अमितकुमार यादवको नाममा उक्त जग्गा १६ फागुन २०६८ को मितिमा करारनामा गरिएको थियो । सर्लाही क्षेत्र नम्बर २ (क) मा नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभा सदस्य जितेका जंगीलालका छोरा अमितकुमार यादवको नाममा उक्त जग्गा २०६८ फागुन १६ फागुनमा करारनामा गरिएको पाइन्छ ।

पुजारी दासले आफ्नो मृत्युपछि उत्तराधिकारी चेलासमेतले उक्त जग्गामा कुनै किसिमको बाधा/विरोध गरे यसै कागजातले बदर गर्न/गराउनसमेत सहीछाप गरिदिएका छन् । स्थानीयका अनुसार यहाँको जग्गाको प्रतिकठ्ठाको कम्तीमा दुई करोड रुपैयाँ मूल्य पर्छ ।

प्रकाशित मिति: २०८२ मंसिर २१, आईतवार १७:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको