लोसपा अध्यक्ष महन्थ ठाकुरको उम्मेदवारी दर्ता



जनकपुरधाम, पुस २३ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले राष्ट्रिय सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन ।

जनकपुरधाम स्थित मधेश निर्वाचन कार्यालयमा पुगेर ठाकुरले उम्मेदवारी दर्ता गराएका हुन । उनको प्रस्तावकमा प्रदेशसभा सदस्य जयनुल राइन र समर्थकमा प्रदेशसभा सदस्य तथा मधेश प्रदेशकी शिक्ष मन्त्री रानीशर्मा तिवारी रहेका छन ।



काँग्रेस एमाले गठबन्धनको तर्फ बाट अध्यक्ष ठाकुरको उम्मेदवारी दर्ता भएको छ । यस अघि काँग्रेस –एमाले गठबन्धनबाट (जसपा–लोसपा) जसपालाई एक सिट दिने सहमति भएको थियो । तर जसपा नेपालले ठाकुर बाहेकको तीन सिटमा छुट्टै उम्मेदवारी दर्ता गराउन लागेका छन ।
गठबन्धनबाट काँग्रेस २ र एमाले एक सिटमा उम्मेदवारी दर्ता गराउने सहमति भएको छ।

प्रकाशित मिति: २०८२ पुष २३, बुधबार १४:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको