११ वर्षिया नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार



सप्तरी, फागुन २८ । बजारमा किनमेल गरी घर फर्किदै गरेकी एक नाबालिका माथी यौन दुव्र्यबहार भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ७ मा बुधवार साँझ तीर ११ वर्षिया बालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुब्र्यबहारको घटना भएको हो ।

प्रहरीका अनुसार यौन दुब्र्यवहारका आरोपी ६८ वर्षिय शारदा थरका बृद्ध फरार भएका छन । सोही नगरपालिका ९ वस्ने शारदामाथी पीडीत पक्षबाट उजुरी आएपछी उनको खोजतलास कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।

बजारबाट घर फर्किदै गर्दा एकान्त स्थलको मौका छोपी शारदाले बालिकाको सम्वेदनशिल अंगमा हात लगाई यौनदुब्र्यवहार गरेको पीडीत बालिकाका परिवारको भनाइ छ ।

शारदाले ती नाबालिकालाई गलत नियतले शरीरको संम्वेदनशिल अंग छोएको कुरा आएको छ, प्रहरी उपरिक्षक पुरीले भने–“यस बारे आवश्यक अनुसन्धान भइरहेको छ ।”

यौन दुव्र्यवहारको आरोप लागेका शारदा भने फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । स्थानीयले भने बजार निस्केकी नाबालिकामाथी यौन दुब्यर्वहार गर्ने माथी कडा कारवाही गर्न माग गरेका छन ।

प्रकाशित मिति: २०८२ फाल्गुन २८, बिहीबार १६:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको