जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्वर तीनमा जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो दावी पेश गरेसंगै जनकपुरधाम उप–महानगरपालिकाका पूर्व मेयर लाल किशोर साहको नाम चर्चामा आउन थालेका छन् । पाँच दलीय गठबन्धनमा धनुषा निर्वाचन क्षेत्र नम्वर तीनमा नेपाली कांग्रेस र जसपाले दावी गरेका छन् ।
तर, नेपाली कांग्रेसका हैवी वेट नेता विमलेन्द्र निधिले प्रत्यक्ष निर्वाचनमा भाग नलिने घोषणा संगै आफ्नो नाम समानुपातिकमा एकल सिफारिस गराएपछि जसपाले सो क्षेत्रमा दावी गरेका छन् । धनुषा निर्वाचन क्षेत्र नम्वर ३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)वाट सिटिङ्ग सांसद राजेन्द्र महतो, नेकपा एमालेवाट जुली महतो र जसपावाट लाल किशोर साहको नाम चर्चामा छ ।
लोकतान्त्रिक समाजवादी पार्टीको क्षेत्र नम्वर तीनमा धरातल कमजोर देखिएको छ भने एमालेले जुली महतोलाई टिकट दिएपछि धनुषा ४ मा जुलीका श्रीमान तथा नेकपा एमालेका सचिव रघुवीर महासेठलाई समस्या हुने देखिएपछि जुली त्यो क्षेत्रवाट लड्ने सम्भावना कम हुने देखिन्छ । जुली कित समानुपातिकमा संघीय सांसद तिर जानेछ कित प्रदेशमा लड्ने देखिन्छ । जुलीलाई एमालेले मधेश प्रदेशको मुख्यमन्त्रीको रुपमा पनि सारने देखिएकाले जुली अहिले अन्योलमा परेकी छिन् ।
नेपाली कांग्रेसले तीन नम्वर क्षेत्र लिँदा पनि फइदा देखिदैन् । किनभने परमेश्वर महासेठलाई कांग्रेसले टिकट दिएपछि उनी जित्ने सम्भावना छैन् । उनको ग्रासरुटमा पकड नदेखिएका कारण उनको सम्भावना कम हुन जान्छ । हुनत उनी धनाढय व्यक्ति हुन उनी तामझाम देखाउने छ तर, धनुषा ३ को निर्वाचन मात्रै पैसा र तामझामले निकाल्न कठिनाइ हुन सक्ने विज्ञहरुको भनाईछ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले कांग्रेसका पूर्व उप सभापति निधिलाई हराएको समयको माहोल र अहिलेको माहोलमा भिन्नता देखिएको छ । हुनत जनकपुरधाम उप–महानगरपालिकाका पूर्व मेयर लाल किशोर साहले जनकपुरधामको विकास निर्माणकालागि गरेको कामको प्रसंसा भएपनि समय परिस्थिति उनको अनुकुल नभएकै कारण उनी स्थानीय तहको निर्वाचनमा पराजय भोग्नु परेको थियो । तर, वर्तमान मेयरको काम कर्तव्य हेरेर वर्तमान मेयर भन्दा पूर्व मेयरनै उपयुक्त रहेको स्थानीयहरुको बुझाई छ । जनताले अपेक्षा गरे अनुसार वर्तमान मेयरले काम गर्न नसकेपछि पूर्व मेयर प्रति जनझुकाव दिनप्रतिदिन बढ्दै गएको छ ।
पूर्व मेयर साहले आफ्नो कार्यकालमा जनकपुरधामको सडक, नाला, विजुलीवती लगायत शिक्षा, स्वास्थ्यमा व्यापक परिवर्तन ल्याएपनि जनता र उनीवीच देखिएको ग्यापले जनतामा गुनासो बढेको थियो । तर, काम गर्न पठाएकाहरुवाट व्यक्तिगत चाहना राख्नु पर्दैन भन्दै उनको प्रसंसक दिनप्रतिदिन बढ्दै गएको छ ।







