जनकपुरधाम, वैशाख २४ । जनकपुरधाम स्थित हिरा हेल्थ केयर मा सफल शल्य क्रिया मार्फत महोत्तरीका पूजा यादवले तीम्ल्याहा बच्चाको जन्म दिएकी छन् ।
महोत्तरीको एकडारा गाँउ पालिका वडा नं. ३ का २५ वर्षीय पूजा यादवले शल्य क्रिया मार्फत तीम्ल्याहा बच्चाको जन्म दिएको हिरा हेल्थ केयरले जनाएको छ ।
पहिलो पटक गर्भवती रहेकी पूजाको कोखमा तीन वटा बच्चा रहेको थाहा पाएपछि अस्पतालले शल्य क्रिया मार्फत बच्चाको जन्म गराएको हो ।
अस्पतालका चिकित्सक सन्तोष कुमार यादवको समूहले उनको सफल शल्य क्रिया गरेको छ । पूजाले आज विहान ६ः३६ मा १.४ केजीको छोरी , ६ः३८ मिनेटमा १.६ केजीको छोरा र ६ः३९ मिनेटमा १.०४ केजीको छोरीलाई जन्म दिएकी छन ।
आमा र बच्चा सबै स्वास्थ्य समान्य रहेको अस्पताल प्रशासनले जनाएको छ । बच्चाहरुको वजन कम रहेकोले रेखदेखका लागि हाल उनिहरुलाई एनआइसीयुमा राखिएको अस्पताल प्रशासनले जनाएको छ ।

स्थापनाको छोटो समयमै हिरा हेल्थ केयरले स्वास्थ्य उपचारको क्षेत्रमा विश्वास जमाउन सफल भएको छ ।







