ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन माग



जनकपुरधाम, असोज ८ । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारमा ई. दिपेन्द्र साहलाई खानेपानी मन्त्री बनाउन माग गरिएको छ।

जेनजी समूहको तर्फ बाट ई मधुसुधन कुशवाहाले प्रधानमन्त्री कार्कीलाई सम्बोधन गर्दै भ्रष्टाचार तथा वेथितिको विरुद्धमा ज्यान तथा जागिरलाई जोखिममा राखेर समेत काम गर्दै आएका ई साहलाई खानेपानी नियुक्त गर्ने सम्बन्धि प्रस्ताव प्रधानमन्त्रीको सचिवालयमा दर्ता गराएका छन ।



विदेह नगरपालिकामा प्रशासकीय अधिकृतको रुपमा होस वा संघीय खानेपानी तथा ढल व्यस्थापन आयोजना कार्यालय जनकपुरको प्रमुख हुँदा उपभोक्ता समितिबाट हुने काम तगा बेथिति रोकी अन्यायमा परेका साहलाई खानेपानी मन्त्रिमा नियुक्त गर्न प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति: २०८२ आश्विन ८, बुधबार १४:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको