धनगढी । कैलालीमा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–१० आमखैका ७९ वर्षीय खडक बडुवालको आगोले जलेर मृत्यु भएको हो ।
घरको आगनमा बालेको आगो ताप्ने क्रममा लडेर बडुवालको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र विकले जानकारी दिए ।
प्रकाशित मिति: २०८० पुष १०, मंगलवार १३:०७






