आज देखि नयाँ वर्ष इस्वी सन् २०२४ शुरु



काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्ष इस्वी सन् २०२४ शुरु भएको छ । जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुवात् भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रोलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रो चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ ।

विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् ।



केही वर्षअघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौंको ठमेल, बौद्ध, भक्तपुरको नगरकोट र कास्कीको पोखरालगायत स्थानमा आइतबार राति नयाँ वर्षको स्वागतमा ‘न्यू इयर इभ’ मनाइएको छ ।

प्रकाशित मिति: २०८० पुष १६, सोमबार १३:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको