चाँगुनारायण नगरपालिकाको १४औँ नगर अधिवेशन



भक्तपुर । चाँगुनारायण नगरपालिकाको १४औँ नगर अधिवेशनले विविध विधेयक र १० सार्वजनिक महत्वका प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । स्थानीय सरकार सञ्चालन ऐनको दफा १०२ ले दिएको अधिकार प्रयोग गरी आवश्यक ऐन, कानुन तर्जुमा गरी नगरपालिकाअन्तर्गतको प्रशासनिक कार्यविधिलाई नियमित गर्न विधेयक पास गरेको आज नगर प्रमुख जीवन खत्रीले जानकारी दिनुभयो ।

पारित विधेयक र प्रस्तावबारे आज सञ्चारकर्मीलाई जानकारी दिँदै उहाँले भन्नुभयो, “शुक्रबार अबेर सम्पन्न १४औँ अधिवेशनल चाँगुनारायण नगरपालिकाको विनियोजित ऐन २०८० लाई संशोधन गर्न बनेको विधेयक, नगरपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने विधेयक, ऐन कानुन तर्जुमा र व्यवस्थापन गर्ने सम्बन्धी विधेयक, ऐन कानुन तर्जुमा र व्यवस्थापनसम्बन्धी विधेयक–२०८०, आर्थिक ऐन २०८०, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको ऐन, २०७५ ९पहिलो० संशोधन गर्न बनेको विधेयक २०८० सर्वसम्मतिले पारिका गरेका छौँ ।”

नगर प्रमुख खत्रीले नगरपालिकामा यसअघिको कार्यकालदेखि रहेको बेरुजु फछ्र्यौट गर्ने कार्यलाई तीव्रता दिएको जानकारी दिँदै कूल रु २० करोड ४० लाख ८२ हजार बेरुजुमध्ये रु तीन करोड एक लाख ४६ हजार नौ सय ७४ को बेरुजु फछ्र्यौट गरिएको बताउनुभयो । सभाले काठमाडौँ उपत्यका विकास प्राधिकरणले विगत सात वर्षदेखि स्मार्ट सिटीका नाममा रोक्का राखेको जग्गा फुकुवाका लागि सम्बन्धित निकायलाई आग्रह गर्ने, विद्युत् प्राधिरणबाट नगरभित्रका सडक तथा सार्वजनिक क्षेत्रमा खपत भएको विद्युत् महसुल बक्यौता प्रमाणबिना भुक्तानी नगर्ने र नगरपालिकाले त्यस्ता बक्यौता सम्बन्धित मन्त्रालय तथा निकायसँग समन्वय गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले जानकारी दिनुभयो ।

त्यस्तै नगरबासीलाई नगरपालिकाको कार्यालयसम्म सार्वजनिक यातायातमा आउन सहज बनाउनका लागि यातायात व्यवसायीसँग समन्वय गरेर सार्वजनिक यातायातको प्रवद्र्धन गर्ने अधिकार कार्यपालिकालाई दिने निर्णयसमेत गरिएको छ ।

प्रकाशित मिति: २०८० पुष २१, शनिबार १७:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको