ललितपुरका एक लाख ५६ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप



ललितपुर । आइतबारदेखि सुरु भएको दादुरा(रुबेलाविरुद्धको खोप अभियानमा ललितपुरका एक लाख ५६ हजार सात सय ६२ बालबालिकालाई लगाइने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका खोप अधिकृत पार्थमणि न्यौपानेले दिनुभएको जानकारी अनुसार ललितपुरका छ स्थानीय तहका छ सय २२ खोप केन्द्रबाट एक लाख ५६ हजार सात सय ६२ बालबालिकालाई दादुरा(रुबेलाविरुद्धको खोप लगाउने गरी तयारी भएको छ ।

“यही फागुन १३ गतेदेखि २३ गतेसम्म जिल्लाभर खोप अभियान जारी रहन्छ । कोन्ज्योसोम र महाकाल गाउँपालिकामा १५ गतेदेखि मात्र सुरु हुन्छ । यो अभियानका लागि एक सय ५९ जना स्वास्थ्यकर्मी र आठ सय २२ स्वयंसेवक खटिएका छन्”, अधिकृत न्यौपानेले भन्नुभयो ।

प्रकाशित मिति: २०८० फाल्गुन १४, सोमबार १९:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको