पानीमा डुबेर युवकको निधन



दैलेख । भैरबी गाउँपालिका –३ स्थित छामघाट खोलामा नुहाउन गएका एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यहुनेमा भैरबी गाउँपालिका–३ सालपानीका १९ वर्षीय ज्ञानबहादुर विकको रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक मगराठीले जानकारी दिनुभयो ।

भैरबी –३ का वडा सदस्य कल्पना विकले भैरबी –३ स्थित छामघाट खोलाको हतर्के घाटमा नुहाउने क्रममा पानीमा डुबेर ज्ञानबहादुरको निधनको बताउनुभयो ।

प्रकाशित मिति: २०८० चैत्र १५, बिहिवार १९:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको