भिरबाट लडेर बालिकाको मृत्यु



मकवानपुर मकवानपुरको बकैया गाउँपालिका–६ ठूलो सुधाककी आठ वर्षीया बालिकाको भिरबाट लडेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय सन्दिप भोम्जनको छोरी पूर्णीमा भोम्जनको घरदेखि दुई सय मिटर पश्चिममा रहेको बाघ भैरब सामुदायिक वनको सुधाभिरबाट लडेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार घरमा बालिका नभेटिएपछि खोजी गर्दै जाँदा भिरबाट लडेर मृत्यु भएको अवस्थामा स्थानीयवासीले फेला पारेका हुन् ।

प्रकाशित मिति: २०८० चैत्र १८, आइतवार १९:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको