रामपुरका आगलागीपीडित परिवारलाई आर्थिक सहयोग



पाल्पा । पाल्पा रामपुरका आगलागीपीडित नौ परिवारलाई आर्थिक सहयोग गरिएको छ । गत वैशाख १९ गते रामपुर नगरपालिका–४ को समाङ्सिङ, तल्लो गिजिनडाँडा र रामपुर–५ गैरामा आगलागीबाट पूर्ण क्षति भएका छ र आंशिक क्षति भएका तीन परिवारलाई आर्थिक सहयोग गरिएको हो ।

नेवास् देय दवु, नेवास् समाज, लोकप्रसाद–शेष कुमारी अक्षयकोष र रामपुर अक्षयकोष रामपुरमार्फत रु चार लाख ७६ हजार चार सय बराबरको राहत रकम विवरण गरिएको नेवा देय दबु रामपुरका अध्यक्ष रुद्रनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

नेवा स् देय दबू रामपुर नगरसमितिमार्फत रु तीन लाख ६५ हजार चार सय, रामपुर नेवाः समाजले रु ३० हजार, लोकप्रसाद शेषकुमारी अक्षय कोषमार्फत रु २५ हजार र रामपुर अक्षय कोषबाट रु ५६ हजार संकलन गरिएको थियो ।

प्रकाशित मिति: २०८१ बैशाख २९, शनिवार १८:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको