काम नपाएका मन्त्री जानकी मन्दिरको सरसफाइमा



जनकपुरधाम । मधेश प्रदेश सरकारका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी काम नपाएर जानकी मन्दिरको सरसफाइमा जुटेका छन् । मधेश प्रदेश सरकारले चालु अधिवेशन शुक्रबार राति देखनै अन्त्य भएको घोषणा संगै शनिवार विहान जानकी मन्दिरको सरसफाइमा जुटेका छन् ।

उनले सुरक्षा निकायका सवै जत्थालाई लिएर शनिवार विहान जानकी मन्दिरको सरसफाइमा जुटेका थिए । मन्त्री लेखी पटक–पटक गृह सञ्चार मन्त्री भए पनि अहिले सम्म मधेश प्रदेशले आफ्नो प्रहरी पाउन सकेका छैन् । उनी एमाले मधेश प्रदेशमा सरकारमा गए पछि मन्त्री बन्ने पक्का मानिन्छ ।

जानकी मन्दिरको सुरक्षा लगायत मन्त्रीको आर्थिक अवस्थाको बारेमा नसोचेका वर्तमान मधेश सरकार भने सस्तो लोकप्रियताकालागि मन्दिरको बाहिरी भागको सरसफाइ गरेका छन् । मन्दिरमा भर्खरै श्रद्धालु भक्तजनको सुनका गरगहना चोरी भएको सामाचार बाहिरिए पनि मन्त्री लेखीको ध्यान भने उता तान्न सकेको छैन् ।

जनकपुरधाम–९ का विकास साह भन्छन्–‘मन्त्री जी प्रहरीहरुलाई लिएर सरसफाइ गराइ रहेका छन् तर, चोरीको बारेमा कुनै प्रहरीलाई केही सोधेको होला भनेर लाग्दैन् ।’

जनकपुरधाम स्थित जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन तत्कालिन जनकपुरधाम उप महानगरपालिकाका मेयर लाल किशोर साहले युनेस्कोमा सम्पूर्ण कागजात बुझाइ सक्दा पनि नत प्रदेश सरकारले त्यता ध्यान दिएका छन् नत वर्तमान स्थानीय सरकारले नै ।

जनकपुरधाम–४ का जिवझ झा भन्छन्–‘ जो जागी आयो कानै चिरेको । लाल किशोर भन्दा मनोज राम्रो हुन्छ भनेर जनताले मनोजलाई जिताए तर, जे जति काम लालकिशोर साहले गरे त्यसको एक भाग पनि गरेको भए जनताले सन्तुष्टि पाउने स्थान हुन्थ्यो । तर उनी समय विताइ रहेको आपूmहरुले अनुभूति गरेका छौं ।’

उनी भन्छन्–‘प्रदेश सरकारमा पनि त्यस्तै अवस्था छ । लालबाबु राउत राम्रो छैन् भनेर सरोजकुमार यादवलाई ल्याइयो पछि सतिश सिंह आए । सिंह त सरोज यादव भन्दा कमजोर रहेको आपूmहरुले बुझेका छौं ।’

जानकी मन्दिरको सुरक्षा तिर ध्यान दिन स्थानीयहरुले प्रदेश सरकारलाई आग्रह गरेको छ । सरसफाइ गर्ने एउटा सिस्टम बसाउनु पर्छ नकि मन्त्री प्रहरी प्रशासनबाट सरसफाइ गराउछ । प्रहरी प्रशासनले सुरक्षा दिने निकाय रहेकोले सुरक्षा मजवुत बनाउन स्थानीयहरुले मन्त्री लेखी र प्रहरी प्रशासनलाई समेत आग्रह गरेको छ ।

 

प्रकाशित मिति: २०८१ आश्विन ५, शनिवार १४:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको