जनमतकी अनिता अर्थ तथा योजना समिति सभापति



 

जनकपुरधाम । मधेश प्रदेश सभाको अर्थ तथा योजना समितिको सभापतिमा जनमत पार्टीकी प्रदेश सांसद अनिताकुमारी साह निर्वाचित भएकी छन् ।

उनी शुक्रबार सभापति पदमा निर्विरोध निर्वाचित भएको प्रदेश सभा सचिवालयले जनाएको छ । यसअघि सो समितिको सभापतिमा जनमतकै प्रदेश सांसद सतिशकुमार सिंह थिए ।

उनी जेठ २५ गते मुख्यमन्त्री बनेपछि अर्थ तथा योजना समितिको सभापति पद रिक्त थियो । प्रदेशसभाले असोज २ गते सो समितिको सभापति पदका लागि निर्वाचन तालिका सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति: २०८१ आश्विन ५, शनिवार ११:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको