राकेश यादव
गौर । जिल्ला प्रहरी कार्यालय रौतहटले सीमा क्षेत्रमा हुने भन्सार चोरी निकासी पैठारी नियन्त्रण गर्नका लागि अहिले सम्म ६ जनालाइ नियन्त्रणमा लिएर कÞानूनी कारवाही अगाडि बढाएको छ ।
भारत बाट राजश्व छली गरी नेपालमा ल्याउने विभिन्न सामग्री सहित प्रहरीको टोलीले ६ जनालाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
भन्सार चोरी निकासी पैठारीको कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले भदौ १३ गते गौर नगरपालिका वड़ा नम्बर १ मा बस्ने ३४ बर्षीय राजेश कुमार पासवान , भदौ २७ गते सो वड़ामा बस्ने २८ वर्षीय रविन्द्र कुमार यादव , गौर नगरपालिका वड़ा नम्बर २ मा बस्ने १८ बर्षीय गणेश भारती, गौर नगरपालिका वड़ा नम्बर ४ बस्ने २२ बर्षीय रबिन्द्र साहलाई पक्राउ गरेको छ ।
त्यस्तै भदौ २८ गते गौर नगरपालिका वड़ा नम्बर ५ मा बस्ने २७ बर्षीय मुकेश कुमार महतो र असोज ६ गते ईशनाथ नगरपालिका वड़ा नम्बर ५ लक्ष्मीनिया टोल बस्ने लम्बू भन्ने शेख सफरुललाइ पक्राउ गरेको प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।
भन्सार चोरी निकासी पैठारीको कार्यमा संलग्न नहुनु भनी आग्रह गर्दा पनि अवज्ञा गरेको कारण पक्राउ गरी कारवाही गरिएको प्रहरीको भनाइ छ । पक्राउ परेको माथि अभद्र व्यव्हार मुद्दा चलाइएको प्रहरी नायव उपरीक्षक गिरीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।




