धनुषा प्रहरीको हिरासत कक्षबाट आठ जना थुनुवा फरार



जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन्। सोमबार बिहान करिब ३ बजेतिर हिरासत कक्षको भेन्टिलेसन फोडेर उनीहरु फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

हिरासत कक्षमा रहेका ९ जना थुनुवा भेन्टिलेसन फोडेर उनीहरु फरार भएका छन् । जसमध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

फरार भएका सबै थुनुवाहरु लागू औषध र चोरी मुद्दाका अभियुक्त थिए। प्रहरीले उनीहरूको खोजी गरिरहेको छ ।

प्रकाशित मिति: २०८१ आश्विन ७, सोमवार ०८:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको