गीताको आधिकारिक पुस्तक निःशुल्क वितरण अभियान



काठमाडौँ । हिन्दू जागरण नेपालले गीताको आधिकारिक पुस्तक किन्न नसक्नेका लागि निःशुल्क वितरण अभियान सुरु गरेको छ ।
श्रीमद्भगवद्गीताका विभिन्न थरी पुस्तक बजारमा पाइने तर कुन आधिकारिक हो भन्नेमा पाठकलाई भ्रम उत्पन्न हुनसक्ने भएकाले हिन्दू जागरणले पुस्तक प्रकाशन गरी किन्न नसक्नेका लागि निःशुल्क वितरण सुरु गरेको अध्यक्ष रामकृष्ण उपाध्यायले राससलाई जानकारी दिनुभयो ।

“कसैले गीताको पुस्तक निःशुल्क दिन्छु भनी झूटा र गलत किताबको वितरण गरिरहेकाले आधिकारिक पुस्तक प्रकाशन गरी निःशुल्क वितरण सुरु गरेका हौँ, हिन्दू जागरणले प्रकाशन गरेका गीताका पुस्तक खरिद गर्न सक्नेले भने रु २५१ तिरी किनेर पढ्न सक्नुहुनेछ, नसक्नेले निःशुल्क लिएर जान सक्नुहुनेछ, यो पुस्तक केन्द्रीय कार्यालय मित्रपार्क, चावहिलमा पाइन्छ”, उहाँले भन्नुभयो ।

पुस्तक खरिद गर्न सक्नेले किनेर लगेको पैसाले नसक्नेका लागि छपाइ गरी निःशुल्क उपलब्ध गराइने हिन्दू जागरणले जनाएको छ । नेपालको मौलिक धर्म, संस्कार र संस्कृतिको रक्षाका लागि हिन्दू जागरणले किन्न नसक्नेलाई लक्षित गरी निःशुल्क गीताको पुस्तक वितरण अभियान चलाएको हो ।

प्रकाशित मिति: २०८१ आश्विन ११, शुक्रवार ०७:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको