धनुषाबाट पेस्तोलसहित दुई जना पक्राउ



धनुषा, माघ ८ । सशस्त्र प्रहरीले पेस्तोलसहित धनुषाबाट दुई जनालाई पक्राउ गरेको छ ।

धनुषाको धनौजी गाउँपालिका–४ स्थित भडरियाबाट एक जना भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल धनुषाका सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरीले धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–८ स्थित सीतानगरका २४ वर्षीय तेजेशकुमार महतो र भारतको मधुवनी जिल्लाको सिलानाथ बरही ग्राम पञ्चायत–५ का २१ वर्षीय रुपेशकुमार यादवलाई पेस्तोलसहित पक्राउ गरिएको जानकारी दिए । बिओपी धनौजीको सशस्त्र प्रहरी निरीक्षक रविन्द्र दाहाल नेतृत्वको टोलीले चेकजाँचको क्रममा उनीहरूको साथबाट ९ एमएम बाउनिंग पेस्तोल बरामद गरेको बताइएको छ ।



उनीहरूको साथबाट एक थान म्यागजिन र पेस्तोलमा प्रयोग हुने एक राउन्ड गोलीसमेत बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक गिरीले बताए । पक्राउ परेका दुवै जनालाई थप अनसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मा लगाइएको उनले बताए ।

प्रकाशित मिति: २०८१ माघ ८, मंगलवार १३:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको