विकासको अवरोधकलाई कारबाहीको मांग गर्दै मुमु गापा ठप्प



जनकपुरधाम, माघ ९ । विकासको अवरोधकलाई प्रशासनीक कारबाहीको मांग गर्दै मुखियापट्टी मुसहरनीया गापा ठप्प भएको छ ।

मुखियापट्टी मुसहरनीया गापाको वडा नं. ६ लक्ष्मीपुर स्थित तत्कालिन कोभिड व्यवस्थापन केन्द्रमा वर्षौ देखी प्रयोगविहीन रहेको स्वास्थ्य सामग्री गाँउपालिका द्वारा बहेडाबेला रौयाही बजारमा प्रस्तावित १५ सैय्याको अस्पताल एवं वर्थिङ्ग सेन्टरको लागी ल्याउने प्रयास गर्दा पूर्व गा.पा. अध्यक्ष मनोज यादव सहितको टोलीले अवरोध गर्दै नगरप्रहरी लगायतका कर्मचारीहरु संग दुव्यवहार गरे पछि गाउँपालिका ठप्प भएका हो ।

पूर्व अध्यक्ष यादव सहित विपक्षी दलका नेताहरुले प्रस्तावित १५ सैयाको अस्पताल जुन अहिले २४ घण्टे आपतकालिन प्राथमिक उपचार केन्द्रको रुपमा संचालित छन त्याहाँ पुगेर अस्पतालका कर्मचारीहरु संग दुव्यवहार गरेको भन्दै कर्मचारीहरुले काम गर्ने वातावरण नरहेको गुनासो गरे पछि मुमु गाउँपालिकाले दोषीहरुलाई कारबाहीको मांग गर्दै गाँउपालिकाको सम्पूर्ण कामकाज ठप्प गर्ने निर्णय गरेको हो ।

मुमु गाँउपालिकाका अध्यक्ष जय कुमार यादवले मंगलवार विज्ञप्ति जारी गर्दै विकास विरोधी पूर्व गापा अध्यक्ष लगायत विपक्षीहरु आतंकले कर्मचारीहरुलाई कामकाज गर्न वातावरण नरहेको र कर्मचारीहरुको जिउज्यानको सुरक्षा दिन सक्ने ग्यारेन्टी प्रहरी प्रशासनले दिन नसकेपछि पालिकाको सम्पूर्ण कामकाज ठप्प गर्नु परेको बताएका छन ।

अध्यक्ष यादवले मनोज यादव सहितका व्यक्तिहरुलाई अविलम्ब पक्राउ गरि कारबाही गर्न मांग गर्दै उनिहरुलाईलाई कारवाही नगरिए सम्म पालिकाको शिक्षा र स्वास्थ्य सेवा सहितका सम्पूर्ण प्रशासनीक गतिविधि ठप्प रहने जनाएको छ ।

मधेश टुडे संग कुराकानी गर्दै मुमु गापा अध्यक्ष यादवले पालिकामा पछिल्लो समयमा शिक्षा र स्वास्थ्य क्षेत्रमा भई रहेको आमूल परिवर्तन बाट अतालिएका विपक्षीहरुले विकास निर्माण कार्यमा निरन्तर अवरोध गर्दा पनि नसकेपछि राष्ट्रसेवक कर्मचारीहरुलाई त्रसित बनाउने गतिविधि गर्न थाले पछि बाध्य भएर अप्रिय कदम चाल्नु परेको बताएका छन ।

कर्मचारीहरु नै सुरक्षित नरहने हो भन्ने कसको सहयोगमा विकास निर्माणको कामा अघि बढाउने भन्दै अध्यक्ष यादवले कर्मचारीहरुकै दवावमा अप्रिय निर्णय गर्नु परेको बताए । उनले घटना बारे जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएपनि केन्द्रिय सत्ताको दवावमा कारबाही गर्न आनाकानी गरि रहेको आरोप समेत लगाएका छन ।

मुमुगापाको सम्पूर्ण कामकाज ठप्प गर्ने निर्णय पछि त्यहाँको शैक्षिक संस्था, स्वास्थ्य सेवा, एम्बुलेन्स सेवा लगायतका सम्पूर्ण प्रशासनीक कामकाज ठप्प भएको हो ।

प्रकाशित मिति: २०८१ माघ ९, बुधवार ०९:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको