जनकपुरधाम, माघ ९ । जनता समाजवादी पार्टी नेपालले काठमाण्डौ उपमहानगरमा कवाड व्यवसायीहरुलाई स्वतन्त्रापूर्वक काम गर्ने वातावरण बनाउन सरकार संग मांग गरेको छ ।
जसपा नेपालका प्रवक्ता मनिष सुमनले आज प्रेस विज्ञप्ति जारी गर्दै २५ औ वर्ष देखि काठमाण्डौ महानगरमा कबाड व्यवसाय संचालन गरि सरकारलाई कर बुझाउदै आएका व्यवसायीहरु माथि महानगरले गर्दै आएको दुव्र्यवहार तत्काल बन्द गर्न मांग गरेको छ ।

लाखौ व्यक्तिलाई रोजगार उपलब्ध गराउनुका साथै काठमाण्डौ महानगरको सरसफाईमा योगदान दिदै आएका कवाड व्यवसायीहरुमाथि हुँदै आएको गाली गलौज, दमन जस्ता कार्यको भत्र्सना गर्दै जसपा नेपालले त्यस्ता गतिविधिहरु तत्काल बन्द गरि उनिहरुको सुरक्षाका साथै स्वतन्त्रता पूर्वक व्यवसाय गर्न पाउने पर्ने मौलिक अधिकारको प्रत्याभूति गराउन सरकार संग मांग गरेको हो ।






