जनकपुरधाम, माघ ९ । जनकपुरधामको एक सुविधा सम्पन्न होटलमा असहाय गरिव विपन्नहरुलाई कम्वल वितरण गरिएको छ । नेपाल चेम्वर अफ कमर्सले जनकपुरधामको सुविधा सम्पन्न होटल गायत्री कुञ्जमा एक सय एक गरिब असहायहरुलाई जाडो छल्न कम्वल वितरण गरेको छ ।
धनुषा निर्वाचन क्षेत्र नम्वर तीनका संघीय सांसद जुलीकुमारी महतो, प्रतिक्षा तिवारी, प्रदेश सांसद दीपेन्द्र ठाकुर, जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी, पूर्व मेयर बजरंगप्रसाद साह लगायतको उपस्थितिमा सो कम्बल वितरण गरिएको छ ।




