विवाहको उमेर घटाउने प्रस्ताव बिरुद्ध सप्तरीका महिला अभियन्ता



राजविराज, माघ ११ । हाल कायम रहेको विवाहको उमेर हदलाई घटाएर १८ वर्ष राख्ने भनी प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिद्वारा गठित उपसमितिले दिएको प्रस्ताव र सुझाव आफूहरुलाई अमान्य रहेको सप्तरीका महिला अभियन्ताहरुले बताएका छन् ।

उनीहरुले विगतमा लामो अध्ययन, अनुसन्धान तथा बैज्ञानिक तथ्यका आधारमा कानुनी रुपमै विवाहको उमेर २० वर्ष तय गरिएको भन्दै सोही व्यवस्था कायम राख्नुपर्ने माग समेत गरेका छन् ।

यसै विषयलाई लिएर शुक्रबार महिला, मानवअधिकार, भाषा, साहित्य लगायतको क्षेत्रमा क्रियाशिल एक दर्जन संघसंस्थाले विवाहको उमेर हद २० वर्ष नै कायम हुनु पर्ने माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।

परिकल्पना नेपाल सप्तरीकी अध्यक्ष सुधा देव, मैथिली साहित्य कला प्रतिष्ठान नेपालकी अध्यक्ष रमिला साह, बालविवाह बिरुद्ध प्रदेश स्तरिय संजालकी रिमा चौधरी, महिला मानवअधिकार संजालकी अनिता देवकोटा, मानवअधिकारका लागि एकल महिला समूहकी माधवी साह, मेची महाकाली बुहारी संयुक्त आवाजकी रत्ना तामाङ, महिला बालबालिका तथा सामुदायिक विकास केन्द्रकी नानीमैया कटुवाल, मैथिली महिला परिषदकी प्रतिमा देवकी साथै इन्टलेक्च्युल फाउण्डेशन नेपाल, ब्रिज नेपाल, संचार यात्रा, युनाइटेड डेप्लपमेन्ट नेपाल लगायत संस्थाका प्रतिनिधि सम्मिलित टोलीले प्रमुख जिल्ला अधिकारी भोला दाहाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।

प्रकाशित मिति: २०८१ माघ ११, शुक्रवार १९:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको