धनुषाधाममा लौरो प्रहार गरि महिलाको हत्या, श्रीमान पक्राउ



जनकपुरधाम, माघ १३ । धनुषा जिल्लाको धनुषाधाम नगरपालिकामा एक महिलाको हत्या भएको छ ।

धनुषाधाम नगरपालिका वा नं ५ पर्वताका देवलाल ठाकुरको श्रीमति जनकपुरधाम उपमहानगरपालिकाको महुवा कपिलेश्वर माइती भएकी अन्दाजी २९ वर्षीया सँगीता ठाकुरको हत्या भएको छ ।

प्रारम्भिक अनुसन्धानका अनुसार महिलाको श्रीमान देवलाल ठाकुरसंग राति करिब २ः३० बजे संगीताको झगडा हुँदा देवलालले टाउकोमा लौरो प्रहार गरि श्रीमतीको हत्या गरेको हुनसक्ने इलाका प्रहरी कार्यालय धनुषामले जनाएको छ ।

देवलालको मानसिक अवस्था सामान्य नरहेको स्थानीयहरुको भनाइ छ ।

देवलाललाई धनुषाधाम प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ भने शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधामा पठाइएको इलाका प्रहरी कार्यालय धनुषाधामले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०८१ माघ १३, आइतवार १२:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको