प्रधानाध्यापकहरुलाई मुख्यमन्त्री सिंहको झपाड



जनकपुरधाम, माघ १३ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रधानाध्यापकहरुलाई झपाडेका छन् । प्रधानाध्यापक संघ नेपाल (पान) ले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले प्रधानाध्यापकहरु इमान्दार नभएकै कारण मधेश प्रदेशको शैक्षिक अवस्था दयनिय बनेको आरोप लगाउँदै इमान्दार बन्न सुझाव दिए । मुख्यमन्त्री सिंहले प्रधानाध्यापकहरु इमान्दार नभए सम्म मधेशको शैक्षिक अवस्थामा सुधार आउन नसक्ने बताएका छन् ।

मुख्यमन्त्री सिंहले शिक्षकहरूलाई मासिक तलब वितरणको विषयमा प्रश्न उठाउँदै भने–‘सबै क्षेत्रमा मासिक तलब पाउने व्यवस्था छ, तर शिक्षकहरूले चार महिनामा मात्र तलब किन पाउँछन् ?” शिक्षाको सुधार विद्यालय तहबाटै सुरु हुनुपर्ने भन्दै संघीय र स्थानीय सरकारलाई यो विषयमा ध्यान दिन आग्रह गरे।

शिक्षकहरु समयमा विद्यालय नपुग्नु र विद्यालयमा गएर गफसफ गर्नाले शैक्षिक अवस्था दयनिय बनेको उनले टिप्पणी गरे । शिक्षकहरुमा लोभ, लालच नहुनुपर्ने तर्क गर्दै मुख्यमन्त्री सिंहले पैसाकै लागि शिक्षकहरु इमान्दारीतापूर्वक आफ्नो कर्तव्य पालना गर्न नसकेको बताएका थिए ।

 

प्रकाशित मिति: २०८१ माघ १३, आइतवार ०९:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको