सीया रघुनाथ सदनको जग्गामा अबैध घर निर्माण, सरोकारबाला निकाय दायित्वबाट पन्छिदै



जनकपुरधाम, माघ १४ । रामानन्दचोक भन्दा पश्चिम बिहारकुण्ड स्थित सिया रघुनाथ सदनको जग्गामा अबैधरुपमा खुलेयाम भवन निर्माण हुन थालेको छ ।

जग्गा रजिष्ट्रेशन आफ्नो नाममा नरहेको र उपमहानगरपालिका संग घर निर्माणका लागि कुनै प्रकारको ईजाजत प्राप्त नरहेपनि भूमाफियाहरु धमाधम एक पछि अर्काे भवनहरु बनाउन थालेका छन ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ सिट नम्बर १३५४–१७ कित्ता नम्बर ४६, सिट नम्बर १३५४–१६ कित्ता नम्बर १२, सिट नम्बर १३५४–१३ कित्ता नम्बर ३९, सिट नम्बर १३५४–९ किता नम्बर १४ लगायतका एक बिघा १२ कठ्ठा भन्दा बढि सिया रघुनाथ सदनको खेतीयोग्य जग्गा मासेर अबैध घर बनाउन थालिएको हो ।
सिया रघुनाथ सदन मन्दिरको नियमित पूजापाठ र महन्थ पूजारीको भोजन तथा अतिथिको स्वागत सत्कारका लागि धान गँहु उब्जाउन कुनै बेला दाताले दिएको यस जग्गाको चलन चल्तीको भाउ १९ करोड रुपैया भन्दा बढि रहेको अनुमान छ । प्रतिधुर ५ लाख भन्दा बढि चलन चल्तीको भाउ रहेपनि भुमाफियाहरुको एक समुहले जग्गा धनीलाई थाहै नदिई झासामा पारि घर बनाउनेहरुसंग प्रतिधुर साढे एक देखि दुई लाख रुपैयाँ सम्म असुलेको छ ।

महन्थ शरणले उपमहानगरपालिकाको कार्यालयमा अबैध संरचना बनाईरहेका १७ जनाको बिरुद्ध उजुरी समेत दिएका छन । यस अघि नै अबैध मानिएको मनखपको कागज बनाएकाहरुले धाकधम्की दिनथालेपछि सुरक्षाका लागि अहिले महन्थ शरणले मन्दिर परिसरमा सिसिटी टिभी समेत जडान गरेका छन ।

मठ मन्दिर र पोखरी सरोवरहरुको शहरको रुपमा प्रख्यात सांस्कृतिक तथा धार्मिक नगरको जति जनकपुरधामको गुनगान सुन्न र हेर्न पाईन्छ । त्यो भन्दा बढी अहिले मठ मन्दिरको धार्मिक महत्वको जग्गाको खुलेयाम अबैधानिक रुपमा खरिद बिक्री र कव्जा गरि घर बनाउने र घेराबेरा लगाउने बढ्दो प्रवृतिको चर्चा चुलिएको छ । सार्वजनीक महत्वको मठमन्दिरका बहुमुल्य जग्गा एकपछि अर्काे ठाँउमा अबैधरुपमा खुलेआम भवनहरु निर्माण भईरहेपनि सरोकारबाला निकाय एक अर्कालाई मात्र पत्राचार गरि जिम्मेबारीबाट पन्छिदै आएका छन् ।

प्रकाशित मिति: २०८१ माघ १४, सोमवार १३:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको