दिल्लीमा ४ तले भवन भत्कियो, एक बालिकाको शव भेटियो, उद्धार कार्य जारी



जनकपुरधाम, माघ १५ । भारत नयाँदिल्लीको बुराडी क्षेत्रमा चार तले भवन भत्किँदा कयौं मजदुरहरु फसेका छन् ।

सोमबार साँझ करिब सात बजे भवन भत्किएको खबर दिल्ली प्रहरीले पाएको थियो । लगत्तै दमकल र एम्बुलेन्ससहित उद्धार टोली खटिएको थियो ।

उद्धार टोलीले पुरिएको अवस्थामा एक आठ वर्षीया बालिकालाई मृत फेला पारेको जनाएको छ । १२ जनालाई बचाइएको र अझै १५–२० जना फसेको हुनसक्ने अनुमान गरिएको दिल्ली प्रहरीले जनाएको छ ।

यसैबीच दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालले घटनामा दुःख व्यक्त गर्दै सांसद संजिव झाको नेतृत्वमा खोज, उद्धार र राहत वितरणको काममा प्रशासनलाई सघाउन निर्देशन दिएका थिए ।

प्रकाशित मिति: २०८१ माघ १५, मंगलवार १०:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको