शहीद दुर्गानन्दको योगदान अतुल्नीयः वक्ताहरु



जनकपुरधाम, माघ १५ । शहीद दुर्गानन्द झाको योगदान अतुल्नीय रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन । शहीद दुर्गा नन्द झाको ६१ शहादत दिवसको अवसर पारेर शहीद दुर्गानन्द झा.अनुसन्धान तथा सेवा केन्द्रले आयोजन गरेको ‘लोकतन्त्रमा दुर्गानन्द झा’को योगदान विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापनामा उहाँको योगदान अतुल्नीय रहेको बताएका छन ।


वक्ताहरुले राजा महेन्द्रको क्रुर शासनको बेलामा उहाँमाथि नै बम प्रहार गरेर गणतन्त्रको उदघोष गर्ने महान शहीद दुर्गा नन्द झाको योगदानबारे मञ्चमा चर्चा गर्नु सम्भव नरहेको बताएका थिए ।

संस्थाका अध्यक्ष शम्भूनाथ झाको अध्यक्षतामा एवं आन्दोलनकारी राम प्रसाद गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वक्ताहरुले शहीद झाले गरेको योगदान अनुरुप समाज र सरकारले उहाँको मुल्यांकन गर्न नसकेको प्रति रोष समेत प्रकट गरेका थिए ।

सहिद दुर्गानन्द झाको ६१ औ शहादत्त दिवसको अवसरमा जनकपुरधाम २३ स्थित सालिकमा माल्यार्पण पछिको तस्वीर ।

वक्ताहरुले शहीद दुर्गानन्द झाको योगदानलाई चिरस्मरणीय बनाउन राज्य पक्षबाट ठोस काम हुनु पर्ने जोड समेत दिए ।
कार्यक्रममा विषय प्रवेश गराउर्दै मधेश आन्दोलनका योद्धा दिपक कुमार झाले शहीद दुर्गा नन्दको जिवनी र उहाँको शहादत बारे संक्षिप्तमा प्रकाश पारेका थिए भने आम संचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्याम सुन्दर यादवले ‘लोकतान्त्रिक संघर्षमा शहीद सम्राट दुर्गानन्द झा’ विषयक कार्यपत्र समेत प्रस्तुतगरेका थिए ।


कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साह, जनकपुरधामका पूर्व मेयर बजरंग प्रसाद साह, लोकतान्त्रिक आन्दोलनका योद्धा ललन चौधरी, मधेश आन्दोलनका योद्धा दिनेश पूर्वे, इन्द्र कुमार मधेशानन्द , इन्जिनियर प्रकाशचन्द्र साह सहितका वक्ताहरुले शहीद झाको योगदान बारे चर्चा गरेका थिए ।

कार्यक्रममा कविहरुले वीररसका कविता वाचन समेत गरेका थिए ।

प्रकाशित मिति: २०८१ माघ १५, मंगलवार १६:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको