समाजिक संजाल नियमन सम्बन्धि विधेयक प्रति पत्रकार महासंघको आपत्ति



जनकपुरधाम, माघ १६ । नेपाल सरकारले संसदमा दर्ता गराएको समाजिक संजाल संचालन, प्रयोग तथा नियमन सम्बन्धि विधेयक प्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

नेपाल पत्रकारमहासंघका महासचिव राम प्रसाद दहालले बुधवार विज्ञप्तिजारी गरि पत्रकार महासंघ लगायतका अगुवा नागरिक संस्थाहरु संग छलफल परामर्श समेतनगरि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरि विधेयक अगाडी बढाइएको भन्दै आपत्ति प्रकट गरेका छन ।

महासचिव दहालले महासंघ लगायतका सरोकारबला पक्षहरु संग गहिरो सम्बाद गरि विश्वव्यापी मानवअधिकार , प्रेस तगा अभिव्यक्ति स्वतन्त्रताको मूल्य मान्यता, नेपालको संवैधानिक प्रावधान र प्रचलित अभ्यासहरु संग तालमेल गरि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने प्रावधानहरु सच्याएरमात्र आगाडी बढाउन नेपाल सरकार र संघीय संसद संग आग्रह गरेको छ ।

प्रेंश तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन एवं नियन्त्रण गर्ने कुनैपनि कानून स्वीकार्य नहुने तर्फ पनि महासंघ सम्बद्ध पक्षलाई ध्यानाकर्ष गराएको छ ।

प्रकाशित मिति: २०८१ माघ १६, बुधवार १६:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको