जनकपुरधाम, माघ १७ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नवनिर्वाचित केन्द्रिय कमिटीको पदाधिकारीमा तीन जना मधेशी मात्र अटाएका छन । त्यो पनि खुल्ला पदमा नभई आरक्षित पदमा मात्र ।
लामो रस्साकसी पछि माघ १३ गते सम्पन्न निर्वाचनको अन्तिम परिणाममा बुधबार अखिल क्रान्तिकारीले सार्वजनिक गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा बुधबार साँझ निर्वाचन समितिले निर्वाचित भएकाको मतपरिणाम वाचन गरेर सुनाएको थियो । जसमा समावेशी उपाध्यक्षमा अभिमन्यु यादव, उपमहासचिवमा गजेन्द्र यादव र मधेशी सचिवमा अमर मण्डल निर्वाचित भएका हुन ।
मुस्लिम सचिवमा भने मिरोज अहम्मद निर्विरोध निर्वाचित भएका थिए ।
समावेशिको वकालत गर्ने माओवादी केन्द्रको भातृ संगठनको परिणाममा मधेशीलाई समावेशी कोटामा मात्र सिमित गरिएको हो ।
३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्य र तीन केन्द्रीय निकायका पदाधिकारीका लागि गत माघ १३ गते भएको अखिल क्रान्तिकारीको निर्वाचनको अन्तिम मतपरिणाम अखिल क्रानितकारीले सार्वजनिक गरेको हो ।
विधान अनुसार एक अध्यक्ष, खुल्ला ४ र समावेशी ५ गरी ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्षका लागि निर्वाचन भएको थियो ।
जस अनुसार अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । त्यस्तै, महासचिवमा रोशन थापा मगर मतसहित निर्वाचित भएका छन भने कोषाध्यक्षमा फूलमाया रानामगर निर्वाचित भइन ।
उपाध्यक्षहरूमा सन्दिप पुन , ममता अधिकारी , कृष्ण बहादुर सुनार , उमेश कँडेल, अटल आचार्य र मदन ढकाल , विराज थापा , दीपा जैसी र अभिमन्यू यादव निर्वाचित भएका छन ।
अखिल क्रान्तिकारीका विजयी पदाधिकारीहरु –
अध्यक्षः विजयप्रकाश सापकोटा
उपाध्यक्षः अटल आचार्य
उपाध्यक्षः मदन ढकाल
उपाध्यक्षः विराज थापा
उपाध्यक्षः दीपा जैशी
उपाध्यक्षः ममता अधिकारी
उपाध्यक्षः सन्दीप पुन
उपाध्यक्षः कृष्णबहादुर सुनार
उपाध्यक्षः अभिमन्यु यादव
उपाध्यक्षः उमेश कंडेल
महासचिवः रोशन थापामगर
उपमहासचिवः विपिन पोखरेल
उपमहासचिवः गजेन्द्र यादव
उपमहासचिवः निर्मला गौतम
उपमहासचिवः भगवान बास्तोला
उपमहासचिवः रेशम अधिकारी
उपमहासचिवः प्रकाश अधिकारी
उपमहासचिवः रामचन्द्र भट्ट
उपमहासचिवः निरोज श्रेष्ठ
उपमहासचिवः जटिल कार्की
सचिवः प्रेम जैशी
सचिवः वीरेन्द्र जिसी
सचिवः शिशिर बस्याल
सचिवः सम्झना राई
सचिवः तिर्सना आलेमगर
सचिवः सम्कृति पुन
सचिवः आर्टिस्ट मोक्तान
सचिवः आशा उपरकोटी
सचिवः अमर मण्डल
सचिवः जीतेन्द्र भण्डारी
सचिवः युन्छो हाङ्ग मावो
सचिव मिरोज अहम्मद
कोषाध्यक्षः फूलमाया रानामगर






