उडिरहेको विमान र हेलिकोप्टर ठोक्किएर दुर्घटना : १८ शव भेटियो



जनकपुरधाम, माघ १७ । अमेरिकामा यात्रु बोकेको विमान हेलिकोप्टरसँग ठोक्किएर नदीमा खसेको छ । स्थानीय समयअनुसार राति ९ बजे रेगन वाशिङ्टन राष्ट्रिय विमानस्थल नजिकै पोटोमाक नदीमाथिको आकाशमा दुर्घटना भएको सङ्घीय उड्डयन प्रशासनलाई उदधृत गर्दै बीबीसीले जनाएको छ ।

घटनापछि रेगन विमानस्थलले सबै उडान तत्कालका लागि बन्द गरेको छ । विमानस्थलको धावनमार्गतिर जाँदै गरेको अवस्थामा विमान अमेरिकी सेनाको हेलिकोप्टरसँग ठोक्किएको हो ।



अमेरिकन एअरलाइन्सको विमानमा ६० यात्री र चार चालक दलका सदस्य रहेको खबरमा उल्लेख छ । हेलिकोप्टरमा भएका यात्रु र चालक दलका सदस्यबारे खुलाइएको छैन ।

नेपाली समयअनुसार आज बिहान वाशिङ्टन डीसीको आपतकालीन उद्धार टोली रेगन राष्ट्रिय विमानस्थलमा पुगेको छ ।

त्यहाँ थुप्रै एम्बुलेन्स र दमकल परिचालन भएका खबरमा उल्लेख छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: २०८१ माघ १७, बिहीबार ११:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको