‘नो केवलकार’ आन्दोलनलाई मधेशी मोर्चाको समर्थन , घाइतेलाई भेटे नेताहरु



जनकपुरधाम, माघ १८ । ‘नो केवलकार’ आन्दोलनलाई समर्थन गर्दै आएका मधेशी मोर्चाका नेताहरु नेताहरुले शुक्रवार घाइतेहरुलाई भेटेका छन ।

काठमाडौंको महाराजगंज शिक्षण अस्पताल पुगेका नेताहरुले उपचाररत आन्दोलनकारीहरुलाई भेटदै स्वास्थ्य अवस्था बारे जानकारी लिएका हुन । ताप्लेजुङ्ग स्थित पाथीभारा मन्दिर पुग्नको लागि बनाउन लागिएको केवलकारको निर्माणले आदिवासी जनजातिहरुको संस्कृति मास्ने काम भएको भन्दै पहिचान पक्षधरहरु आन्दोलन गर्दै आएका हुन ।
केवलकारको निर्माण रोक्नको लागि आन्दोलन गरि रहेकाहरुमाथि प्रहरीले गोली चलाउदा तीन जना गम्भीर घाइते भएका थिए । उनिहरुको उपचार विराटनगरमा सम्भव नभएपछि काठमाण्डौ लगिएको थियो ।


घाइतेहरुको स्वास्थ्यमा क्रमिक सुधार आएको भेट्न पुगेका जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादवले जनाएका छन ।
मोर्चा आवद्ध नेताहरु ह्ृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ला, रामक्ुमार शर्मा, केशव झा, रामनरेश राय घाइतेहरुलाई भेटन अस्पताल पुगेका थिए । मधेश केन्द्रित दलहरुले पहिचानको रक्षा हुनु पर्ने भन्दै यस अघिनै उक्त टनाको विरोध गरि सकेका छन ।

प्रकाशित मिति: २०८१ माघ १८, शुक्रवार ११:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको