सप्तरी , माघ १८ । सप्तरीको रुपनी गाउँपालिकाले विपन्न समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिवीर संचालनमा ल्याएको छ ।
शुक्रवार देखी उक्त गाउँपालिकाको वडा नं.३ कटैयाबाट शूरु भएको निःशुल्क स्वास्थ्य उपचार शिवीर क्रमशः पालिकाको सबै ६ वटै वडामा पृु¥याउने गाउँपालिकाले जनाएको छ । युनिक कलेज एण्ड टिचिङ्ग अस्पतालको प्राविधीक सहयोग र सहकार्यमा स्थानीय स्वास्थ्य चौकी कटैयामा शूरु भएको निःशुल्क
स्वास्थ्य शिवीरको एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवले उदघाटन गरेका छन ।
सो अवसरमा उनले रकमको अभावमा उपचार गराउन न सकी रोग पालेर वस्न बाध्य भएका नागरिकलाई लक्षित गरी गाउँपालिकाले निःशुल्क स्वास्थ्य शिवीर आयोजना गरेको बताए । उनले स्वास्थ्य क्षेत्रलाई मात्र नभई पालिकाले कृषि, शिक्षा र समाज उत्थानका विभिन्न क्षेत्रलाई प्राथमिक्तामा राखीएको भन्दै यस क्षेत्रको सुधारका लागी सबैको सहयोग आवश्यक रहेको बताए ।






