जनकपुरधाम, माघ १८ । मधेशी दलबीचको मोर्चा निर्माणका लागि गठन भएको आठ सदस्यीय कार्यदलको पहिले बैठक आज सिंहदरवारमा बस्दैछ ।
दिउसो तीन बस्ने बैठकले मोर्चाको परिचय, नामाकरण, आचार संहिता र समसामयिक राजनीतिक गतिविधिमा धारणा निर्माण गर्ने कार्यदलका सदस्य एवं जसपा नेपालका प्रवक्ता मनिष सुमनले जनाएका छन ।
कार्यदलमा जसपा नेपाल बाट मनिष सुमन, लोसपा बाट लक्ष्मणलाल कर्ण, जनमतबाट शरदसिंह यादव, जसपा बाट इस्तियार राई, नागरिक उनमुक्ति पार्टी बाट गंगाराम चौधरी, जनता प्रगतिशिल पार्टीबाट डा. शिवजी यादव, राष्ट्रिय मुक्ति पार्टीबाट केशब झा र तमलोपा बाट ब्रजकिशोर सिंह रहेका छन ।




