जसपा नेपालको कार्यकारिणी समिति बैठक बस्दै , मोर्चा बारे ठोस निर्णय लिईने



काठमाडौं ,  माघ १९ । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको दुई दिवसीय बैठक आज बाट शुरु हुदै छ ।

भोलि आईतवार सम्म चल्ने बैठक आज बिहान ११ बजे देखि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठकको तयारी भएको पार्टी अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जनाएको छ ।



बैठकमा समसामयिक राष्ट्रिय राजनीतिक बिषयसहित पार्टीको संगठनात्मक कार्यदिशा बारे  छलफल र करिब ६ महिनादेखि पार्टीले सञ्चालन गर्दै आएको ‘जनतासँग जसपा नेपाल, सङ्गठन निर्माण अभियान’ को बृहत् समिक्षा हुने बताइएको छ ।

यसअघिको बैठकले केन्द्रदेखि वडास्तरसम्म जारी संगठन निर्माण अभियान कार्यकर्ता र जनतामाझ अत्यन्तै लोकप्रिय, प्रभावकारी र उत्साहजनक रहेको निष्कर्ष निकाल्दै पौष र माघ मसान्तसम्मको लागि अभियानको समयावधि थप गरेको थियो ।

कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरुलाई तोकिएको जिम्मेवारी अनुसार आ—आफ्नो कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्य प्रगति विवरणको लिखित प्रतिवेदनसहित बैठकमा अनिवार्य उपस्थित हुन भनिएको छ ।

मधेश केन्द्रीत दलहरु संयुक्त मोर्चा बनाएर सडकदेखि सदनसम्म संघर्ष गर्ने अन्तिम तयारी गरिरहेको बेला सो बारे पनि जसपा नेपालको कार्यकारिणी बैठकबाट ठोस निर्णय हुने बताइएको छ ।

प्रकाशित मिति: २०८१ माघ १९, शनिबार ०७:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको