काँग्रेस एमालेबाट देश बन्दैन : अध्यक्ष लिङ्देन



काठमाडौं, माघ २० । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले काँग्रेस, एमाले र माओवादीबाट देश बन्छ भनेर पर्खिन नसकिने बताउनु भएको छ ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा उहाँले तीन वटा ठूला दलले देश विकास गरिदिन्छन भनेर पर्खिनु समयको बर्वादी मात्रै हुने जिकीर गर्नुभयो । साढे तीन दशकदेखि यिनै तीन पार्टीको वरपर राजनीति र देश घुमिरहेकाले अब पनि यिनीहरुको आशा गर्नु मुर्खता मात्रै हुने बताउनुभयो ।

ताप्लेजुङको पाथीभरा मन्दिर पुग्ने केवलकार बनाउन हुने नहुने विवादका विषयमा लिङ्देनले कुनै एक व्यावसायिक घरानाको लाभका लागि केबलकार बनाउन दिन नहुने धारणा राख्नुभयो । एक जना व्यापारीको फाइदाका लागि जनतामाथि गोली चलाउनु दुखद भएको उहाँको भनाइ थियो ।

पाथीभरा मन्दिरमा पुग्न केवलकारको आवश्यकता महसुश भए सरकारले स्थानीय जनतासँगको समन्वय र सहमतिमा मात्रै काम अघि बढाउनुपर्ने सुझाव पनि उहाँले दिनुभयो ।

प्रकाशित मिति: २०८१ माघ २०, आइतवार १८:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको