आठ दलिय कार्यदललाई रेशमको सुझाव , ‘लाल आयोगको प्रतिवेदन लाई एजेण्डामा राखौ’



जनकपुरधाम, माघ २१ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले मधेश केन्द्रित आठ दलिय मोर्चाको एजेण्डामा लाल आयोगको प्रतिवेदनलाई राख्न सुझाव दिएका छन ।

सिंहदरबारमा सोमबार बसेको कार्यदल बैठकमा नागरिक उन्मुक्तिले टीकापुर घटनामा राज्यपूर्वाग्रही देखिएको र झुटा मुद्दा लगाउने काम भएको जनाउर्दै लाल आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक हुनु पर्ने मांगलाई समेटन सुझाव दिए ।

बैठकमा लाल आयोगको प्रतिवेदनका अतिरिक्त राज्य पुनःसंरचना, संविधान संशोधन मोर्चाको थप एजेण्डाहरु लगायत माथि छलफल भएको राष्ट्रिय मुक्ति पार्टीका नेता एवं कार्यदलका सदस्य केशव झाले मधेश टुडेलाई बताए ।
उनले बाहिर फैलाइ रहेको हल्लालाई निराधार सावित गर्न समेत यो बैठकले काम गरेको बताए ।

मोर्चा बाट कसैलाई डराउनु नपर्ने भन्दै नेता झाले यो मोर्चा कसैको विरुद्धमा नभई मधेशी , थारु, आदिवासी जनजाति लगायतको मांगहरु सम्बोधन गराउन गठन भएको स्पष्ट पारे ।

मधेस केन्द्रित आठ राजनीतिक दलले सहकार्यको वातावरण निर्माण गर्न र मोर्चालाई बलियो बनाउन कार्यदल गठन गरेको हो ।

प्रकाशित मिति: २०८१ माघ २१, सोमवार १८:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको