जसपा नेपालको कार्यकारिणी समिति बैठक आज पनि जारी



काठमाडौं, माघ २१ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक थप एकदिनको लागि लम्बिएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत कार्यसुची र एजेन्डामाथिको छलफल निर्धारित समयभित्र नटुङ्गिएकोले बैठक लम्बिएको हो।

ललितपुरको बालकुमारीमा शनिबारदेखि सुरु भएको कार्यकारिणी समितिको बैठक सोमबार ११ बजे देखी पुनः शुरु हुने अध्यक्ष यादवको निजी सचिवालयले जनाएको छ ।

आइतबारको बैठकमा पार्टी सुदृढिकरणका लागि चार महिनादेखि केन्द्रदेखि वडास्तरसम्मै जारी संगठन बिस्तार अभियानको समीक्षा भएको थियो । क्षेत्रगत प्रगति विवरणसहित भएको छलफलमा उक्त अभियान अत्यन्तै उत्साहजनक, प्रभावकारी र परिणाममुखी भएको निस्कर्ष निकालिएको छ। यसअघि पहिलो र दोस्रो दिन सदस्यहरुले आ–आफ्नो जिम्मेबारी र तोकिएको क्षेत्रगत अभियानको प्रगति विवरण प्रस्तुत गरेका थिए।

बैठकमा पार्टीको केन्द्रीय सल्लाहकार समिति गठनका नामावली संकलन गरिएको छ। सोमबारको बैठकले संकलित नामावलीबाट समितिको नेतृत्व र अन्य बाकी सदस्यहरु चयन गर्नेछ।
तीनजना विभागिय प्रमुखसहित ३५ सदस्सिय कार्यकारिणी समितिमा नयाँ सदस्य थप्ने गरि यसअघि गठित कार्यदलले प्रस्तुत गरेको प्रतिवेदन उपर सोमबार छलफल हुने कार्यसूची रहेको छ ।

बैठकले केहि संगठनको जिम्मेवारी हेरफेर गरेको छ, जसलाई आज अन्तिम प्रारूप दिइनेछ।
यसैगरी, पार्टीको आगामी कार्यदिशा, वर्तमान राजनीतिक अवस्था, निर्माण गर्न लागिएको मधेश केन्द्रित दलहरुको संयुक्त मोर्चा लगायतका एजेण्डामा सोमबार छलफल गर्नेगरी बैठक सम्पन्न हुने बताईएको छ।

प्रकाशित मिति: २०८१ माघ २१, सोमवार ०९:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको