मुकुलमलुङ्गमाथिको अतिक्रमण नरोकिए इटको जवाफले पथ्थरले दिइने छ : राजेन्द्र महतो



जनकपुरधाम, माघ २१ । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले पाथिभारामा केवल कार चलाउने नाउमा मुकुलमलुङ्गमाथिको अतिक्रमण नरोकिए ईंटको जवाव पथ्थरले दिइने चेतावनी दिएका छन ।
मुकुमलुङ्गको अतिक्रमण एवं आन्दोलनकारीहरुमाथि भएको दमन विरुद्ध आज काठमाण्डौमा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष महतोले लिम्बुहरुको पहिचान माथिको आक्रमण कुनै पनि हालतमा हुन नदिने बताए ।
उनले भने ,‘ सवाल केवलकार निर्माणको होइन, सवाल हो यो राज्य लिम्बुहरुको हो की होइन ? उनिहरु आफनो पहिचानको रक्षा गर्न पाउछ की पाउदैन ।’ एकल नश्लिय राज्य सत्ताका कारण फरक पहिचान बोकेकाहरु माथि आक्रमण हुँदै आएको उल्लेख गर्दै महतोले पहिचान अनुसारको राज्य स्थापना आवश्यक रहेको बताउनु भयो । उहाँले आज लिम्बुबान प्रदेश भै दिएको भए यो समस्या आउने नै थिएन भने जिकिर गरे ।
दमन गर्ने, गोलि हान्ने जस्तो कार्य राज्यले सधै गर्दै आएको उल्लेख गर्दै अध्यक्ष महतोले भने ,‘छुट्टाछुट्टै लडदा दमन गर्छ नै त्यसैले अब हामी सबै मिल्नु पर्छ । केवल लिम्बु समुदायको सहभागिताले मात्र पनि सफलता सम्भव छैन, सम्पूर्ण उत्पीडितहरुको एकता आवश्यक छ।’
एकल नश्लिय राज्य सत्ताले पहिचानवादी शक्तिहरु चेपुवामा परेको उल्लेख गर्दै अध्यक्ष महतो बहुलराष्ट्रिय राज्यको स्थापनाले मात्र सबैको पहिचानको रक्षा एवं राज्य सत्तामा सबैको पहुँच सम्भव हुने बतार्ए ।
आफनो पहिचानको रक्षामा उत्रिएकाहरु माथि राज्यले गोली चलाएर दमन गर्नु लोकतन्त्रकै उपहास रहेको उल्लेख गर्दै उनले नश्लीय सरकारको गलत नियत भण्डाफोर गर्दै मुन्धुमी आस्था स्थल र सांस्कृतिक सम्पदा जोगाउन सबै एकजुट हुनु पर्ने बताए । उनले भने ‘ अब लिम्बू एक्लै छैन, उ संग मधेस उभिएको छ। एक्लै लडदा गरिएको दमन झैँ सधै दमन गर्छु नसोछे हुन्छ अब इट को जवाफ पत्थरले दिइने छ। ’

प्रकाशित मिति: २०८१ माघ २१, सोमवार १८:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको