साढे ३७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ



काठमाडौं, माघ २१ । यूके पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौंको टेकुबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने ३२ वर्षीय मदन भण्डरी रहेका छन् ।

पीडितको उजुरीको आधारमा आइतबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यूके पठाइदिन्छु भन्दै पीडितसँग ३७ लाख ५० हजार रूपैयाँ लिएर मदन सम्पर्कविहीन भएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: २०८१ माघ २१, सोमवार १४:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको